ब्रेकिंग न्युज

हिस्टुन जिल्ला अध्यक्षमा अधिकारी चयन



पशुपति गिरी
१६ पौष, कपिलवस्तु
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) कपिलवस्तुको चौथो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । उक्त अधिवेशनबाट उज्ज्वल अधिकारीको अध्यक्षयतामा १३ जिल्ला कार्यसमिति सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा उपाध्यक्षमा यशोदा पोख्रेल,सचिवमा उमेशकुमार सापकोटा,सहसचिवमा लक्ष्मी भण्डारी,कोषाध्यक्षमा भिमप्रसाद खनाल त्यसैगरी सदस्यहरुमा विष्णु प्रसाद आचार्य,राजेश चौहान,गोपाल प्रसाद पोख्रेल,जिवन पौडेल,वेदप्रकाश पन्थी,विशाल पाण्डे र अजयकुमार चौधरी रहेका छन ।हिस्टुन केन्द्रिय वरिष्ठ उपाध्यक्ष डि.बि.रेश्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पूर्व केन्द्रिय सदस्य बालाजी चौधरी,पुर्व जिल्ला अध्यक्ष इन्द्रमणि पाण्डे,बलदेव लामिछाने लगायतका अतिथीहरुले आ आफनो धारणा व्यक्त गर्नुभएको हो । नवनिर्वाचित जिल्ला अध्यक्ष अधिकारीले आफना कार्यक्रमहरु मुलत रचनात्मक र दबाबमुल्क दुबै कोणबाट अघि बढाउने बताउनु भयो ।

प्रकाशित : १६ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६