अर्थ-वाणिज्य

लुम्विनीमा एमाले संसदीय दलको नेतामा गिरी र उपनेता आचार्य :मुख्यमन्त्री बन्ने वाटो खुल्यो




दाङ १७ पुस । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरी चयन भएका छन् । त्यसै गरी उपनेतामा केन्द्रिय सदस्य चेतनारायण आचार्य छनौट भएकाछन् । आइतबार बिजौरीेस्थित महासचिव शंकर पोखरेल निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता र आचार्यलाई उपनेतावनाउने सहमति जुटेपछि संसदीय दलको बैठक बसेर सो निर्णय भएको हो । आइतबार महासचिव पोखरेलले एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, आकांक्षीहरू लीला गिरी, चेतनारायण आचार्य, भूमिश्वर ढकाललगायतलाई यो विषयमा छलफल गराएर सहमतिमा ल्याएकाथिए ।

पार्टीको निर्णय मानेर जाने सबै आकांक्षीले स्वीकारेका थिए । एमालेले सांसदहरूको शपथपश्चात आजै संसदीय दलको नेता चयन गरेको हो ।। गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए । उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन् ।यसै गरी आचार्य पनि यस अघि मन्त्री भैसकेका नेता हुन् । एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । महासचिव पोखरेलले यसअघि नै लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने बताइसकेका छन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६