कपिलवस्तु १९ पुस । जाडो बढेपछि कपिलवस्तुका २ पालिकाका बिद्यालय बन्द गरिएको छ । यशोधरा र सुद्धोदन गाउपालिका बिद्यालयमा बिदा दिइएको हो । एक साता यता शील लहर चले पछि जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै सरकारी र निजी बिद्यालय बन्द गरिएको हो । यशोधरा गाउपालिका मा १४ दिन र सुद्धोदन गाउपालिकामा १० दिनको जाडो बिदा गरिएको हो । आउने पुस ३० गते सम्मकालागि बिद्यालयमा बिदा दिइएको यशोधरा गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत तेज बहादुर सिंहले बताए ।
यशोधरा गाउपालिकामा पुस १७ देखि पुस ३० सम्म र सुद्धोदन गाउपालिकामा पुस २० देखि पुस ३० सम्म बिद्यालय बिन्द गरिएका छन । जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको सुद्धोदन गाउपालिका प्रमख कमलेश शरण चौधरीले बताए । जाडोले गर्दा प्राबिमा पढने स–साना बिद्यार्थीहरु बढी प्रभावित बनेका थिए । जाडोले गर्दा बिद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउछन ।
यता अत्यधिक जाडो बढे पछि कपिलवस्तुको तिलौराकोट साझेदारी वनले आफनो क्षेत्रमा पर्ने चोक चौराहामा दाउरा बाडन सुरु गरेको छ । जाडो बढे पनि पालिकाहरुले दाउरा बितरणमा ढिलाई गरे पछि तिलौराकोट साझेदारी वनले चोक र चौराहामा दाउरा र मुढा बितरण सुरु गरेको हो । प्रजिअ धर्मेन्द्र कुमार मिश्र र डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीको निर्देशन पछि तिलौराकोट साझेदारीले चोक चौराहामा दाउरा बितरण सुरु गरेको साझेदारीका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए ।
अहिले चेत्रादेई स्थित साझेदारी वनको कार्यालय हाता भित्र ५ चट्टा मात्र दाउरा रहेको छ । त्यही दाउरा साझेदारीका कर्मचारीले गाडीमा चोक चौराहा बिद्यालय र सररकारी कार्यालय बाडेको हो । चत्रादेईका बिद्यालय, चोक चोराहा, तौलिहवाका चोकहरु, सरकारी कार्यालयमा दाउरा बाडिएको अध्यक्ष पाण्डेयले बताए ।उनले जिल्लाका १० पालिका र १ सय २० सामुदायिक वन तथा अन्य साझेदारी वनले पनि यो प्रकोपको बेला दाउरा बाडन् पर्ने माग गरे ।उता कपिलवस्तु नगरपालिकाले पनि डिभिजन वन कार्यालयको आपुर्ति समितिसंग करिब ८ चट्टा दाउरा खरिद गरी बाडने प्रकृया अघि बढाएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले दाउरा किनेर बितरण गर्ने जिम्मा सामाजिक शाखालाई दिइएको बताए ।
१९ पुस २०७९, मंगलबार
प्रतिक्रिया