भालुवाङ १९ पुस । अबैध उत्खनन् गरी लोड गरिरहेको अबस्थामा प्रहरीले ४ वटा ट्याक्टरलाई नियन्तरणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भालुबाङ्गले मंगलबार बिहान ७ बजे ट्याक्टर नियन्तरणमा लिएको हो । एकाबिहानै खोलाबाट अबैध ढुँगा बालुवा ओसार पसार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको भालुबाङका प्रहरी प्रमुख सुजन बिक्रम शाहले बताए ।
राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर स्थित राप्ती नदीको किनारमा नदिजन्य पदार्थ लोड गरिरहेको अबस्थामा प्रहरीले ट्याक्टर छोपेको हो । रा १ त ४३६४, ना ७ त ५६८८, रा १ त २५३२ र रा १ त ४३७५ नम्बरका ट्याक्टरहरु अबैध उत्खननमा ब्यस्त थिए । प्रहरी प्रमुख शाहले कारबाहीका लागि राप्ती गाउँपालिका पठाईसकेको पनि जानकारी दिए । ट्याक्टरहरु ढुङ्गा र बालुवा लोड अबस्थामा रहेका थिए ।त्यस्तै यता राप्ती गाउँपालिकाले भने राजस्व नलिई छोपिएको ट्याक्टरलाई छाडेको छ । नदिजन्य पदार्थ उत्खनन् कार्यबिधी अनुसार अबैध उत्खनन्मा संलग्न पर ट्याक्टरलाई २० हजार रुपैया जरिवाना लिनुपर्ने प्राबधान छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अबैध उत्खनन् नभएको दाबी गरेका छन् ।
२० पुस २०७९, बुधबार
प्रतिक्रिया