अर्थ-वाणिज्य

नागरी उन्मुक्ति र जनमतले एकैसाथ भने हाम्रा कारणले गठबन्धनमा कुनै समस्या आउदैन




दाङ २० पुस । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ । नाउपाले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले यो दलहरुबीचको छलफलमा उठेको विषयमात्र भएको बताइन् । ‘सत्ता साझोदार दलहरुका बीचमा केही सहमति भइसकेको छैन । छलफलका क्रममा ‘जे सहमति हुन्छ त्यही हुन्छ’ उनले भनिन्, ‘कतै हाम्रो छुट्टै अडान छैन ।’ सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

मुख्यमन्त्री नियुक्तिका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय दिइएको छ ।५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित एक प्रदेशसभा सदस्यले भने रेशम चौधरीको रिहाइ नभए बैठक चल्न नदिने चेतावनी दिएका थिए ।
यता जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशमा संघीय सरकारमा भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना नभएको बताएका छन् ।‘नयाँ सत्ता समिकरणतर्फ ध्यान दिएका छैनौं । संघमा पनि र प्रदेशमा पनि’ अध्यक्ष राउतले भने । संघीय सरकार निर्माणमा बनेको सत्ता समीकरण विपरीत मधेश प्रदेशमा सरकार बनाउन कांग्रेसले पहल गरेको र त्यसमा जनमत पार्टी सहभागी हुन सक्ने भनी चलेका चर्चा गलत भएको उनको भनाइ छ ।
तर, मधेश प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी रहेको अध्यक्ष राउतले बताए । सत्ता साझेदार दलहरुका बीचमा मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई मधेश प्रदेश सरकारको नेतृत्व आधा÷आधा कार्यकाल गर्न दिने मौखिक समझदारी छ । कसले पहिले नेतृत्व गर्ने विषय टुंगिन बाँकी छ ।१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । सबैभन्दा धेरै २३ सिट एमाले छ । कांग्रेसको २२, जसपाको १६ र जनमतको १३ सिट छ । माओवादी केन्द्र र लोसपाको ९र९ एकीकृत समाजवादीका ७, राप्रपाका र नागरिक उन्मुक्तिका एक(एक सांसद छन् । तीन स्वतन्त्र सांसद छन्।

प्रकाशित : २० पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६