अर्थ-वाणिज्य

२७ पुस भित्रै लुम्विनीको मुख्यमन्त्रीमा दावि पेश गर्ने तयारी




कपिलवस्तु २५ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता लिला गिरी २७ पुस भित्रै दावि पेश गर्ने तयारी गरेकाछन् । सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएसंगै तयारी थालिएको ।सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेशको बाँडफाँट भएको हो। दलहरूबीच भएको भागबन्डाअनुसार लुम्बिनीमा एमालेले सरकार बनाउने सहमति भएको छ।त्यसैगरी मुख्यमन्त्री एमालेको भागमा परेपछि लुम्बिनीको सभामुख माओवादी र उपसभामुख राप्रपाले पाउने भएका छन्।
लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्यमध्ये पहिलो दल बनेको एमालेबाट २९ सांसद छन्। सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रसँग ९ जना सांसद थिए। स्वतन्त्रबाट निर्वाचित सांसद दीपेन्द्र पुन माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीसँग सांसद संख्या १० पुगेको छ।त्यसैगरी सत्ता गठबन्धनको अर्को ठूलो दल राप्रपा र नागरिक उन्मुक्तिका ४र४ जना र जनमत पार्टीका ३ जना सांसद छन्। यसका साथै ३ जना सांसद रहेको जनता समाजवादी पार्टी सरकारमा सामेल हुने या नहुने अझै टुंगोमा पुगेको छैन।
अन्य दुई जना स्वतन्त्र सांसद समेत नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी एमालेको समर्थनमा निर्वाचित भएकाले उनीहरूको मत समेत पाउने अपेक्षा सत्ता गठबन्धनको छ। तर जनता समाजवादी पार्टी र दुई जना स्वतन्त्र सांसद समेत विपक्षमा बसे पनि एमाले नेतृत्वको गठबन्धनलाई सहज बहुमत पुग्ने देखिएको छ।लुम्बिनी प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेस २७ सांसदसहित प्रमुख प्रतिपक्षी दलका रूपमा रहने छ भने ऊसँगै लोकतान्त्रिक समाजवादीका ३ तथा नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १र१ गरी ३२ जना सांसद प्रतिपक्षमा रहने छन्।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गत बिहीबार प्रदेश सरकारका लागि आह्वान गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई मुख्यमन्त्रीमा दावी पेस गर्न पुस २७ गते सम्मका लागि समय सीमा तोकेका छन्।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६