भगवती न्यौपाने
कपिलवस्तु २८ पुस। सहकारी जिवन र जिविका परिवर्तनको वहाक बनेमा मात्र आर्थिक समृद्धी हासिल हुर्ने जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । जनसेवा बहुमुखी सहकारी संस्था लि. वाणगंगा नगरपालिका ४गजेहडा कपिलवस्तुको २९औं वार्षिक साधरण सभा तथा १०औं अधिवेशन कार्यक्रममा विहिवार बोल्दै उहाँले यस्तो बताउनु भएको हो । संस्थापक अध्यक्ष समेत समेत रहनु भएका आचार्यले कृषि उत्पादनलाई अगाडी बढाउन सहकारीको आवश्यक पर्ने बताउदै सहकारीले विउविजन र शुद्धिकरणमा पनि जोड दिएको बताउनु भयो ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सहकारीहरुले छरिएर रहेको पँुजिलाई एकिकृत रुपमा जम्मा गरी उत्पादनमा जोड्दै यसले व्यवसायिक बनाउन सक्ने बताउनु भयो । बैंङकमा भन्दा पनि सहकारीमा आकर्षण बढ्दै गएको बताउदै मेयर अर्यालले सहकारीलाई संरक्षण गर्न स्थानीय सरकार सधै लागि पर्ने तर्क गर्नु भयो । नगरमा ६६ वटा सहकारी रहेको बताउदै धेरै सहकारी खोल्नु भन्दा एउटै उद्देश्य बोकेका सहकारीहरु संमायोजन भएर अगाडी बढ्नु पर्न उहाँले स्पष्ट् पार्नु भयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष संस्थाका सल्लाकार समितीका संयोजक डम्वर शर्माले ३० जना सदस्यबाट सुरु भएको सहकारीमा अहिले १२ सय सदस्य भएको बताउदै सहकारीले कृषि उत्पादनमा राम्रो काम गरेको बताउनु भयो । सिद्धार्थ क्याम्पसका अध्यक्ष तथा संस्थाका शेयर सदस्य झविलाल पोख्रोलले किसानहरुलाई समृद्ध बनाउन सहकारीले खेलेको भुमिका सह्रानिय रहेको बताउनु भयो । कपिलवस्तु सञ्चार सहकारीका अध्यक्ष मित्रलाल शर्माले बहुउदेश बोलेको सहकारीले गरेका राम्रा कामलाई सञ्चार माध्यमबाट सधै सहयोग र सहकार्य गर्ने बताउनु भयो ।
सहकारी बीउबिजन प्रशोधन केन्द्र बाणगंगा नगरपालिका ४झुँगामा भएको कार्यक्रममा अध्यक्षको भनाइ राख्दै दोणराज सुवेदिले सदस्यहरुलाई व्यवसायिक बनाउनुका साथै जनमुखी सेवाहरु प्रदान गर्न नयाँ व्यवसायहरु सञ्चालन गरि सदस्यहरुलाई अगाडि बढाउन सहकारी हरहमेशा तत्पर रहने बताउनु भयो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन २०७९ सचिव गोविन्द प्रसाद ज्ञवाली, आर्थिक प्रतिवेदन २०७९ कोषाध्यक्ष दोलख बहादुर पछाई र लेखा सुपरिवेक्षण समिति दारा प्रस्तुत प्रतिवेदन प्रकाश आचार्यले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर के.शी, लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचार्य, जोन सुपर जोनका मनोज ढकाल लगायत संस्थाका सेयर सदस्य,सल्लाकार,बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो । संस्थाका सरिता ढकालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सचिव सञ्चालन गोविन्द प्रसास ज्ञवालीले गर्नु भएको थियो । सहकारीले विभिन्न विधामा सम्मान पनि गरेको थियो ।
प्रतिक्रिया