कपिलवस्तु २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शपथ लिएका छन्। बिहीबार दिउँसो दाङको राप्ती उपत्यकास्थित नवनिर्मित प्रदेशसभा भवन परिसरमा उनले शपथ लिएका हुन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन्।यस्तै मुख्यमन्त्री गिरीले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन्।नेकपा एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी पनि मन्त्री बनेका छन्। उनीहरू बिना विभागीय मन्त्री बनेका हुन्। उनीहरूले पनि शपथ लिएका छन्। माओवादी संसदीय दलका नेता जोखबहादुर महरा पनि मन्त्री बन्ने चर्चा रहेपनि उनी शपथ लिन आनाकानी गरेका हुन्। रोजेको मन्त्रालय दिनुपर्ने अडान राखेकाले उनको शपथ हुन नसकेको हो। उनले अर्थ मन्त्रालय रोजेका हुन्। तर नेकपा एमालेले अर्थ दिन मानेको छैन।
२८ पुस २०७९, बिहिबार
प्रतिक्रिया