अर्थ-वाणिज्य

स्थानीय सरकारले सहकारी नियमन कानुन बनाउदै :जनताको लगानी सुरक्षित गर्ने प्रयास




कपिलवस्तु २९ पुस । गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप सहकारी संस्थाहरु संचालन गर्न र लगानी डुब्न नदिन सहकारी संस्थाहरु चनाखो हुनुपर्ने बताएकी छिन् ।सहकारी संस्थाहरुलाई नियमन गर्न गाउँपालिकामा सहकारी शाखाको समेत ब्यवस्थापन गरिसकेको उनले बताइन् । गढवा गाउँपालिका क्षेत्रको पुरानो तथा महिलाहरुले मात्र सञ्चालन गरेको चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष चौधरीले यस्तो बताएकी हुन् ।
कार्यक्रममा बोल्दै पालिका स्तरमा रहेका सहकारी संस्थाहरुका गतिबिधि सुक्ष्म रुपले नियाल्न र सहकारीहरुलाई निति नियम र मुल्यमान्यताको परिधि भित्र थप ब्यवस्थित ढंगले सञ्चालन तथा नियमन गर्न गढवा गाउँपालिकाले यहि हिउँदे सभाको अधिवेशन मार्फत बिधेयक ल्याई कानून निर्माण गर्ने तयारीमा रहेको समितिका संयोजक तथा गढवा ५ का वडा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए ।सो अवसरमा गढवा गाउँपिालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेले गढवा क्षेत्रमा एकाध सहकारीहरुले ब्यवसायिहरुलाई निकै संकटमा पारेर पलायन भैरहेको हुदा चनाखो ढंगले सहकारी चलाउन आव्हान गरे । महिलाहरुमा इमान्दारिता र लगानशिलता हुने भएकोले चेतनशिल सहकारी अब्बल बन्न सकेको उनले बताए ।
कार्यक्रममा नवस्वर्गद्धारी महिला सहकारी संस्थाका अध्यक्ष रेखा थापा, गढवा उद्योग बाणिज्य संघका सचिव मधा न्यौपाने, गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा, दलित शसक्तिकरणका कोषाध्यक्ष जया बिश्वकर्मा, पत्रकार शिबराज पन्थी र दक्षिण देउखुरी अधिकार मञ्चका पूजा चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा असल बचतकर्ता एञ्जिला कँडेल, सिता पौडेल र असल ऋणी मञ्जु चौधरी तथा बिष्णु थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव उत्तम चौधरीले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष शुसीला सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६३ सालमा स्थापित उक्त सहकारीले हाल सम्म ३ करोड १३ लाख ४४ हजार बराबरको कारोवार गरेको साधारणसभामा जानकारी गराइएको थियो । इश्वरा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका ब्यवस्थापक ओभा पाठकले गरेकी थिइन् ।

प्रकाशित : २९ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६