अर्थ-वाणिज्य

पहाडवाट तराईमा हुने बसाई सराई रोक्न रोक्न सांसद कार्कीको आग्रह




गुल्मी १ माघ । लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पहाडी जिल्लाबाट तराइमा हुने बसाईसराई रोक्नुपर्ने बताउनुभएको छ । काब्रेपोखरी माध्यमिक विद्यालय गुल्मीदरवार २ जुभूङ झिर्वासको ६८ औं बार्षिकोत्सव समारोहमा प्रदेश सभा सदस्य कार्कीले बसाईसराई नरोकिए पहाडी जिल्लामा गरिने लगानी खेर जाने बताउनुभयो । उहाले बुटवलका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न ग्राहो भएको तर पहाडी जिल्लामा विद्यार्थी पाइन छाडेकोमा चिन्ता व्यक्त गर्नुभयो ।उहाले भन्नु भयो अव पहाडवाट तराई होइन तराईवाट पहाडमा बसाई सर्ने गरी विकास गर्नु पर्छ ।
गुल्मीदरवार गाउपालिकाका अध्यक्ष सरोज थापाले शिक्षक, अभिभावक र विद्यार्थी विचको समन्वयमा मात्र गुणस्तरीय शिक्षा प्रदान प्राप्त हुने बताउनुभयो । उहाले सबै मिलेर पहाडी जिल्लाको बसाईसराई रोक्न जरुरी रहेको उल्लेख गर्नुभयो ।गाउंपालिकाका उपाध्यक्ष तारा थापा ढेंगाले पालिकाले सबैको पहलमा शिक्षामा सुधार गर्न रणनीति बनाउने बताउनुभयो । वडा नं। २ का अध्यक्ष विष्णु प्रसाद गौतमले बसाईसराई नरोकिए विद्यालय मर्जरको अवस्था आउने धारणा राख्नुभयो ।
थाक्सीपोखरा मावि बलिथुमका अध्यक्ष प्रेम पुनले शिक्षामा लगानी भएपनि नतिजा सन्तोषजनक नभएकोले नतिजा सुधार गर्नुपर्ने औल्याउनुभयो । विद्यालयका प्रधानाध्यापक श्रीराज खड्काले विद्यालयले अतिरिक्त कक्षा संचालन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेको उल्लेख गर्नुभयो ।विद्यालयका लेखापाल गंगा थापाले गत आर्थिक वर्षको दुई करोड २० लाख २० हजारको आय व्यय प्रस्तुत गर्नु भएको थियो । विद्यालयका अध्यक्ष ज्ञान बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मीदरवार वडा नं। ६ का अध्यक्ष मुकेश थापा, गुल्मीदरवार शिक्षा शाखा प्रमुख नरेन्द्र शर्मा, ईश्वरी माविका प्रधानाध्यापक हरी कार्की, समाजसेवी सुवेदार केशर सिंह सारु, सम्मानित शिक्षक सन्त बहादुर थापा, शिक्षक अभिभावक संघका होम बहादुर थापा, विद्यार्थी विवेक थापा, शिक्षक तेजेन्द्र खड्का, सहायक प्रधानाध्यापक उत्तम पुनले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्नु भएको थियो ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६