अर्थ-वाणिज्य

एमसीसीको गलत कार्यान्वयनप्रति प्रदेश सांसद पन्थीको आपत्ति




कपिलवस्तु २ माघ । एमसीसीको विलम्व र गलत कार्यान्वयन प्रति प्रदेश सांसद विष्णु पन्थीले आपत्ति प्रक्ट गर्नु भएकोछ । कपिलवस्तुवाट प्रदेश सभामा निर्वाचित सांसद पन्थीले कपिलवस्तुको पश्चिम् सीमा धानखोला देखि पश्चिम् १५० किमि सडकको स्तरोन्नति गर्ने र बुटवल गोरखपुर सहितको बिजुली ओसार्ने बाटो बनाउने भनिएको त्यो हल्लाखोर भाडभैलो मच्चाएको अमेरिकी सहयोग कता हरायो ? भन्ने प्रश्न सामाजिक मिडियावाट उठाउनु भएको छ । उहाले सदनबाट पास हुँदाका दिन बाटै कामसुरु हुने जस्तो गरेको नेपालका कानुन मान्नु नपर्ने कुनै अनुमति नचाहिने भएको हुँदा छिटो हुन्छ भन्ने भ्रममा पारेर त्यो एमसीसी नेपाल कहाँ सुतेको छ ? भन्ने गंभिर प्रशन खडा गर्नु भएको हो ।

पन्थीले एमसीसी नेपालले अहिलेसम्म नेपाल सरकारको कति बजेट निल्यो ? पहिले चनौटा बाट सुरु गर्ने भनिएको कसरी फेरी धान खोला पु्ग्यो ? कम्तीमा पहाडी खण्ड सुरु हुने बनकसबासा बाट त सुरुहुनु पर्छ । अहिले बनकस भालुबाङ्ग खण्डको बेहाल अवस्था र यात्रुले कहिले साम्म सास्ती खेप्नु पर्ने हो एमसीसी नेपाल ? भन्दै प्रशनै प्रश्न खडा गर्नु भएको हो । निकै विलम्व गरेर धानकोदावाट काम शुरु भएको विषयलाई पन्थीले आपत्रि जनाउनु भएको हो ।

प्रकाशित : २ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६