अर्थ-वाणिज्य

माओबादीमा रोल्पाको विरासत पाल्पाले तोड्यो: घर्ति बने लुम्विनीको सभामुख




पाल्पा ३ माघ । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएको छ । लुम्बिनी प्रदेशको सभामुखमा पाल्पाका घर्तीको एकल उम्मेद्वारीपरेको छ ।सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको छ। सभामूखमा एक जनाको मात्र उम्मेदवारी परेपछि घर्ती सभामूख हुने पक्का छ । सभामुखमा एक जना र उपसभामुखमा तीन जनाले मनोनयन दर्ता गरेको संसद सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् ।घर्ती पाल्पाको निर्वाचन क्षेत्र नं। २ (२) बाट निर्वाचित हुनु भएको थियो । सत्ता गठबन्धनले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गुल्मीकी समानुपातिक सांसद मेनुका खाण केसीलाई उम्मेदवार बनाएको छ ।उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् । सत्तारुढ दलले सुरुमा मनोनयन दर्ता गराएका थिए ।
त्यसपछि नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी उम्मेदवारी दर्ता गराएका थिए । यी दुबै पार्टीले उपसभामुख पदमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएको संसद सचिवालयका सचिव पुनले बताउनु भयो ।कांग्रेसले नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित विश्वप्रेम पाठकलाई उम्मेदवार बनाएको छ । उहाँको प्रतावक प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल बसेका छन् । नागरिक उन्मुक्ति पार्टीले रुपन्देहीकी समानुपातिक सांसद निर्मलादेवी चौधरीलाई उम्मेदवार बनाएको छ । उनको प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी बसेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धन भन्दा छुट्टै उम्मेदवारी खडा गरेपछि गठबन्धन बाट अलग हुने खोजेको अनुमान गरिएको छ । प्रदेशसभा सचिवालयले दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम दर्ता गर्ने समय सीमा तोकेको थियो । मंगलबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको सुरुमा सभामुखको उम्मेदवारी प्रस्ताव हुने छ । सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुने छ ।
सभामुख वा उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने संबैधानिक ब्यवस्था छ । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, जसपा, जनमत, लोसपाका ३÷३ र २ स्वतन्त्र सांसदहरू गरि कुल ५८ जना सांसदहरुले मुख्यमन्त्री बन्दा एमालेका लिला गिरीलाई समर्थन गरेका थिए ।नागरिक उनमुक्ति पार्टी गठबन्धनबाट बाहिरिए गठबन्धनका पक्षमा ५४ मत रहने देखिएको छ ।
त्यस्तै बिपक्षी नेपाली कांग्रेसका २७ सांसद , एउटा मात्रै सांसद रहेका नेकपा एकीकृत समाजबादी र जनमोर्चा समेत गरि २९ जना सांसद रहेका छन् ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६