कपिलवस्तु १६ माघ । आइतबार मात्रै नेपाली नागरिकता पुनःप्राप्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा चयन भएका रवि लामिछानेले पुरानै जिम्मेवारीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेका छन्।आइतबार साँझ साढे ७ बजे बालुवाटार पुगेका लामिछानेले दलको नेतृत्वमा रहेकाले सरकारमा पनि आफ्नै कमाण्ड हुनुपर्ने बताएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। नागरिकताको मुद्दा मिलेको बताउँदै उनले केही दिनमै राहदानीको विषय पनि सल्ट्याउने विश्वास दिएर प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त तुल्याउन खोजेका छन्।
उहाँको कुरा प्रधानमन्त्रीसँग उपप्रधान एवम् गृहमन्त्री नै बनाइदिनु पर्यो, नत्र पार्टीमा अप्ठ्यारो पर्छ भन्ने थियो, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ु६ महिनापछि उपनिर्वाचन जितेरै आउँछु, अहिलेलाई पुरानै भूमिका दिनुस्।ुुरविजीले आफ्नो भूमिका मिलाउनु पर्छ, त्यही भएर पूर्वसहमति नै कार्यान्वयन गरौँ, यसमा कुनै समस्या पर्दैन, कानुनी जटिलता पनि छिट्टै हल हुन्छ भन्नुभयोु, स्रोतले थप्यो।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सात दलीय सत्तम गठबन्धनभित्र सल्लाह र राय लिएर निर्णय गर्ने बताएका छन्।ुगठबन्धनभित्र छलफल गरौँ, निर्वाचन आयोग र कानुनविदसँग पनि बुझौं,ु प्रधानमन्त्रीले भने, ुअब यो विषयमा प्रतिक्रिया के आउँछरु भोलि समस्या नपर्ने गरि निर्णय गर्नुपर्छ।खारेज भइसकेको नागरिकता प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार आदेश दिँदा रविले सांसद, उपप्रधान एवम् गृहमन्त्री र पार्टी सभापति सबै एकसाथ गुमाएका थिए।
आइतबार नागरिकता पुनःप्राप्ति गरेपछि उनले फेरि गृहमा फर्किने गरी पार्टीमा निर्णय गराइसकेका छन्। आइतबार नागरिकता लिएसँगै उनले रास्वपा सदस्य, केन्द्रीय सदस्य र पार्टी सभापतिको जिम्मेवारी एकै दिन लिइसकेका छन्।अब उनी गैरसांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितव क्षेत्र नम्बर २ बाट उपनिर्वाचन जितेर आउने योजनामा छन्।आइतबार साँझ नै सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। त्यहाँ पनि गृहमन्त्रालयबारे कुरा भएको बताइएको छ।
१६ माघ २०७९, सोमबार
प्रतिक्रिया