अर्थ-वाणिज्य

मुख्यमन्त्री गिरीको सचिवालयमा नयाँ जिम्मेवारी : प्रेस संयोजकमा बस्नेत




दाङ १९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सचिवालय विस्तार गरेका छन्। उनले प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका हुन्।प्रेस संयोजकमा टीका बस्नेत नियुक्त भएका छन्। प्रेस चौतारीका केन्द्रीय सदस्य बस्नेत दाङ निवासी हुन्। यस्तै, मुख्यमन्त्रीको सचिावलयमा रुपन्देहीका अमृत गिरी र दाङका पुष्पराज अधिकारीलाई नियुक्त गरिएको छ। यस्तै कम्प्युटर अपरेटरमा दाङका विपिन केसीलाई पनि नियुक्त गरेका छन्। यस अघि गिरीले स्वकीय सचिवमा कृष्ण कुमाललाई नियुक्त गरेका थिए।मुख्यमन्त्री गिरीले मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम सचिवालयमा नियुक्त गरेका हुन्।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६