दाङ २८ माघ । माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो ।प्रदेश कमिटीका एक पदाधिकारीले भने( कृष्णा कमरेडले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नहालेको उजुरी परेको थियो ।
छानबिन गर्दा उहाँले काँग्रेसका उम्मेदवारलाई भोट हालेको पाइएपछि राजीनामा दिन लगाइएको हो ।उनले कृष्णालाई थप कारबाहीका लागि पार्टी हेड क्वाटरमा सिफारिस गर्ने समेत बताए । माओवादी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले आफू बैठकमा भएकाले प्रतिक्रिया दिन नमिल्ने बताए ।माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसीले राजीनामा बुझाएसँगै मोबाइल स्वीच अफर गरेकी छन् ।उनी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् ।
२८ माघ २०७९, शनिबार
प्रतिक्रिया