अर्थ-वाणिज्य

कबिता प्रतियोगीता सहित श्रस्टा सम्मान




कपिलवस्तु ८ फागुन ।७३ प्रजातन्त्र दिवसमा कपिलवस्तुको तौलिहवामा कबिता प्रतियोगीता र श्रस्टाहरुलाई सम्मान गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोमगा सूजनशील नारी साहित्यिक समाजले वडा स्तरीय निम्म माध्यमिक तह कबिता प्रतियोगीता र सम्मान कार्यक्रम गरेको हो । प्रतियोगीतामा सिद्धार्थ बोडिङ स्कुलका अन्सु दुबे प्रथम , बुद्ध ज्योति बोडिङ स्कुलकी सुप्रेक्षा शुक्ला द्धितीय र सिद्धार्थ बोडिङ स्कुलका प्रमिश आचार्य तृतीय भए ।

यस्तै सोही कार्यक्रममा बरिष्ठ साहित्यकार हरिराज शर्मा, पशुपतिमणि त्रिपाठी, रबिचन्द्र शाक्य र युवा गायक संदीप कुमार दुबेलाई प्रशंसा पत्रले सम्मानित समेत गरिएको थियो । वडाध्यक्ष प्रकाश गैरले बिजयी भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र प्रमाण पत्र प्रदान गरको थिए । नारी समाजकी अध्यक्ष सकुन्तला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष गैरे, बरिष्ठ साहित्यकार हरिराज शर्मा, पशुपतिमणि त्रिवपाठी निर्णायक ईन्दिरा देवकोटा, उपमा पराजुली लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६