खेलकुद

नेपालले यूएईलाई दियो २ सय ३० रनको लक्ष्य



काठमाडौं, २२ फागुन । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।

दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतक सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको हो ।

४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका भीम सार्कीले अर्धशतक पूरा गरे । उनी ९९ बलमा ७० रन बनाउँदै आउट भए । २०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो ।

सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भए ।
कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए ।

यसअघि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए । लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि नेपालले यो खेल जित्नैपर्ने छ ।

प्रकाशित : २२ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६