खोज–अनुसन्धान

सिद्धार्थमा त्रिपक्षिय प्रतिस्पर्धा ,अनेरास्वबियुले ऐतिहासिक बिरासत जोगाउला त ?




कपिलवस्तु १ चैत ।अनेरास्ववियुले कपिलवस्तुको शिद्धार्थ क्याम्पसमा आफ्नो निरनतरको विरासत यसपाली पनि कायमै राख्ने अठोटका साथ प्रचार प्रसारलाई विद्याथीको घरदैलो केन्द्रित गरेकोछ । एकल प्यानलका साथ लडेको अनेरास्ववियूको प्यानलको सभापतिमा अंजित खनालले गरेका छन् । उनले अनेरास्ववियू एकल रुपमै चुनाव जित्न सक्षम भएको वताए । त्यसो त अनेरास्ववियू उक्त क्याम्पस विगतदेखि निरनतर चुनाव जित्दै आएकाले यसपाली पनि सबैलाई मिलाएर सर्बसहमत नेतृत्व छानौ भन्नेमा रहेपनि नेविसंघ र अखिल क्रान्तिकारीले नसुहाउदो शर्त राखेपछि चुनावमा होमिनु परेको खनालले वताए । यता अनेरास्ववियूवाट सचिवमा पशुपति गिरी र कोषाध्यक्षमा अप्सरा चौधरी प्रत्यक्ष तर्फ उम्मेदवार बनेकाछन् ।
यो क्याम्पसमा अनेरास्ववियूको प्यानल ,नेविसंघको प्यानल र अनेरास्ववियू क्रान्तिकारी (प्रचण्ड -विप्लव) समुह गरी ३ वटा प्यानलमा प्रतिस्पर्धा हुदैछ । यसैगरी नेविसंघवाट निलकमल कमल थारु सभापतिमा , नारायण पौडेल (आत्रेय) सचिवमा र मनोज न्यौपाने कोषाध्यक्षमा उम्मेदवार रहेका छन् । यता अनेरास्ववियू क्रान्तिकारी प्यानलवाट बिष्णु वहादुर राउत (विज्ञान ) सभापतिमा वर्षा बन्जाडे सचिव र अमृता थारु कोषाध्यक्षमा उम्मेदवार रहेकाछन् ।

त्रिभुवन विश्व विद्यालयले चैत ५ गते देशैभरका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तोकेको छ । जस अनुसार विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको माझमा गई निर्वाचनको प्रचार प्रसारलाई तिब्रता दिएका हुन् । यो क्याम्पस स्थापना भएयता अहिले सम्म भएक सबै चुनावमा एमाले निकटको अनेरास्ववियूले चुनाव जित्दै आएको छ

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६