काठमाण्डौं, ०२ चैत्र ।
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।
उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले १७ औं ओभरको दोस्रो बलमा कप्तान मोहम्मद वासिमलाई गुमाएको छ। ४६ बलमा अर्धशतक पूरा गरेका वासिमलाई सन्दीप लामिछानेले एलबिडब्लुको धरापमा पारेका हुन्। उनले ४९ बलमा ६ छक्का र २ चौकासहित ६३ रन बनाएका थिए।
प्रतिक्रिया