देश

सामुदायिक विद्यालयप्रति बढ्यो आकर्षण



बुटवल ४ चैत । बुटवलका सामुदायिक विद्यालयहरूमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको पाइएको छ। विद्यालय व्यवस्थापन समितिको हौसलासँगै शिक्षक र अभिभावकको निरन्तर लगाव र मेहनतले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो।
बुटवलको कालिका मानवज्ञान मावि, कान्ति मावि, नहरपुर मावि, सेमलार मावि र नयाँगाउँ माविमा विद्यार्थीको चाप पहिलेदेखि नै थियो भने पछिल्लो समय बुटवलकै ग्रामीण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको आकर्षणमा वृद्धि भएको छ।
बुटवल उपमहानगरपालिका–१६ को ग्रामीण क्षेत्रमा रहेको नरैनापुर आधारभूत विद्यालय विद्यार्थीको चाप बढाउने एक उदाहरण बनेको छ। विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको यो विद्यालयमा अहिले दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
२०७७ सालमा ४५ जना विद्यार्थी मात्रै रहेको यस विद्यालयमा दुई वर्षको बीचमै विद्यार्थी सङ्ख्या बढेर दुई सय पुगेको हो। सो विद्यालयकी प्रधानाध्यापक अम्बिका अर्याल भन्नुहुन्छ, “विद्यालय व्यवस्थापन समितिको हौसला र प्रोत्साहन तथा शिक्षकहरूको मेहनतको परिणामस्वरूप विद्यार्थी सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि गर्न सफल भएका छौँ।”
उहाँले विद्यार्थी सङ्ख्या बढ्नुमा विद्यालय व्यवस्थापन, शिक्षक र अभिभावकको प्रतिबद्धता रहेको बताउनुभयो। कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा अहिले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चूडामणि अर्यालले आफूले नेतृत्व सम्हालेपछि विद्यार्थी सङ्ख्या बढाउन शिक्षकहरूसँग गहन सल्लाह गरेको बताउनुभयो।
सो विद्यालयले मासिक रूपमा आन्तरिक परीक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीको शैक्षिक अवस्थाका विषयमा शिक्षक र अभिभावकबीच निरन्तर छलफल र संवाद गराउने गरेको छ।
पूर्वजनप्रतिनिधि रामप्रसाद रेग्मीले बन्द अवस्थामा पुगेको विद्यालयलाई ब्युँताउन विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। अहिले विद्यार्थीको सङ्ख्या वृद्धि हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले समेत दुईकोठे भवन निर्माण गरिदिएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ग्रामीण क्षेत्रमा रहेको विद्यालयले एक्कासि प्रगति गरेको देखिएपछि दुईकोठे भवनका लागि आर्थिक सहयोग गरेको बताउनुभयो।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६