ब्रेकिंग न्युज

पाल्पामा टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु



बुटवल, ०५ चैत्र । पाल्पाको रिप्दिकोटबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको टिपरको ठक्करले आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रिप्दिकोट २ मसारस्थित हार्थोक(सर्वेदाको भित्रि कच्चि सडकमा टिपरको ठक्करबाट सोही वडाका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेले ज्यान गुमाएका हुन् ।

रिप्दिकोटको सिद्देश्वर खानीबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिएको हो । घटना बारे जानकारी लगत्तै प्रहरी चौकी हार्थोकबाट गएको प्रहरी टोलीले गाडी र चालकलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६