प्रदेश

वन डढेलो नियन्त्रणका लागि मायादेवी साझेदारी वन र विद्यार्थी बिच अन्तर्रक्रिया




हरि घिमिरे
कपिलवस्तु, ०५ चैत्र ।कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समुहले वन डढेलो नियन्त्रण गर्नका लागि विद्यार्थीहरु संग सचेतनामुलक कार्यक्रम गरेको छ । वनले बाणगंगा वडा न. ११ को बरवामा रहेको शुर्योदय माध्यामिक विद्यालयका विद्यार्थीहरु संग जनचेतनामुलक कार्यक्रम गरेको हो ।“डढेलोबाट वन जोगाउँ, जैविक विविधताको संरक्षण गरौं” भन्ने नारका साथ विद्यार्थीहरु संग सचेतनामुलक छलफल तथा अन्र्तरक्रिया गरिएको मायादेवी साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष दिनेश प्रसाद जैसवालले बताउनु भयो ।

उहाँले कक्षा ११÷१२ मा पढ्ने विद्यार्थी भाई बहिनीहरु आफैमा सचेत र समझदार रहने हुदाँ उहाँहरु संग कार्यक्रम गरिएको बताउनु भयो । अध्यक्ष जैसवालले विद्यार्थीहरुले समाजमा गर्न हुने काम तथा गर्न नहुने काम छुट्याउन सक्ने र समाजलाई सचेत गर्न अग्रसर रहने भएकाले वन डढेलो नियन्त्रणमा विद्यार्थीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।डिभिजन वन कार्यालय तौलिहवा तथा सब डिभिजन वन कार्यालय पटनाको आयोजनामा वन डढेलो सचेतना सप्ताह अन्र्तगत पाँचौ दिन आईतवार विद्यालयमा कार्यक्रम गरिएको हो । चैत्र १ गतेदेखी सुरु भएको डढेलो नियन्त्रण कार्यक्रममा मायादेवी साझेदारी वनले हरेक दिन एउटा, एउटा कार्यक्रम गर्दै आएको छ । आज विद्यार्थीहरु संग भएको कार्यक्रममा करिब ९० जना विद्यार्थीको उपस्थिती रहेको थियो ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६