प्रदेश

स्मार्ट सार्वजनिक शौचालय बनाउँदै शिवराज नगर



कपिलवस्तु, ०८ चैत्र ।
शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा अस्थाई स्मार्ट शौचालय बनाउने भएको छ । बजार क्षेत्र भित्र सार्वजनिक शौचालय नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए ।

बन्न लागेको शौचालय स्मार्ट हुनेछ भने स्थान अस्थायी हुनेछ । शौचालयलाई अन्यत्र सार्न मिल्ने गरी बनाइने छ । चन्द्रौटा बजारमा सार्वजनिक शौचालय बनाउनका लागि नगर प्रमुख अजय थापा लागि परेका छन् ।

नगरको वडा न. ५ मा रहेको संजिवनी अस्पतालको अगाडी तीन वटा अस्थाई स्मार्ट शौचालय बनाउने गरी तयारी थालिएको नगर प्रमुख थापाले जानकारी दिए ।

उनका अनुसार नयाँ बन्ने सार्वजनिक महिलामैत्री हुनेछ । शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौच गर्ने ठाउँ हुनेछ । पर्याप्त जग्गा भएको ठाउँ हेरेर महिला, पुरुष भएका व्यक्तिका लागि छुट्टाछुट्टै डिजाइनमा निर्माण गरिने छ ।

शिवराज नगरपालिकाका प्रावधिक टोलीले तय गरेको डिजाइनअनुसार यी शौचालयमा स्वचालित बत्ती जडान गरिनेछ । जुन मान्छे छिर्दा बत्ति बल्ने छ र निस्कँदा आफैं निभ्नेछ । शौच सकिएपछि सफाइका लागि प्रयाप्त पानी, ट्वाइलेट पेपर, स्प्रे लगायत व्यवस्था हुनेछ । हात धुन साबुन र पानीको पनि व्यवस्था गरिनेछ ।

त्यस्तै, शौचपछि स्वचालित उपकरणले पानी झार्छ र फोहोर पखाल्छ । नगरपालिकाले शौचालय निर्माण गर्ने ठाउँ, वरिपरिको वातावरण पनि सफासुग्घर र व्यवस्थित गर्ने योजना ल्याएको छ ।

शौचालय भन्नेबित्तिकै फोहोरी ठाउँ हो भन्ने आमधारणा बनेको छ । हामी यसलाई गलत साबित गर्न चाहन्छौं नगर प्रमुख थापाले बताए ।

‘टाढैबाट गन्धले नाक छोप्नुपर्छ । अब बन्ने शौचालयहरू दुर्गन्धित, फोहोरी र अव्यवस्थित हुँदैनन् । चालू शौचालयलाई पनि सुधार गरेर सुविधासम्पन्न बनाउने प्रयास रहेको छ’, उनले भने । नगरपालिकाले नयाँ शौचालयका निम्ति ठाउँ हेरेर डिजाइन छनौट गरेको वडा नं. ५ का वडाध्यक्ष नेत्र बेल्वासेले बताए ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६