प्रदेश

लुम्बिनीमा ‘पिस म्याराथन’ हुने



कपिलवस्तु, ०८ चैत्र। भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ ।

‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा पिस म्याराथनको प्रस्ताव अगाडि बढाएको हो ।

यसको तयारीका लागि ओलम्पिक कमिटीका साथै लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतसँग छलफल भएको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकार प्रदेश खेलकुद परिषद्को बुटवलमा सम्पन्न बैठकले लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडी एंव प्रशिक्षकलाई प्रोत्साहन र सम्मान कार्यक्रमका आवश्यक काम अगाडि बढाउने निर्णय गरेको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

परिषद् अध्यक्ष एवं सामाजिक विकासमन्त्री चन्द्रशेख गुप्ताको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको खेलकुदको अवस्था र आगामी दिनमा आयोजना गरिने प्रतियोगिता तथा खेल गतिविधिका विषयमा गम्भीर छलफल भएको थियो ।

बैठकमा सदस्य सचिव भट्टराईले परिषद्ले हालसम्मको प्रगति जानकारी गराउँदै प्रदेशमा गरिने खेलकुदका गतिविधिलाई व्यवस्थित गर्ने र यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्ने प्रस्तावका रुपमा राखेका थिए ।

बैठकले लुम्बिनीमा पहिलो पटक खुल्ला लुम्बिनी पिस म्याराथन आयोजना गर्ने प्रस्तावलाई अनुमोदन गर्दै आयोजना प्रक्रियाका लागि आवश्यक तयारी गर्न सदस्य सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

मन्त्री गुप्ताले खेलकुदको विकासका लागि दलगत आग्रह पूर्वाग्रह त्याग्दै खेल संस्थालाई काम गर्न आग्रह गरे ।

उनले युवालाई खेलप्रति आकर्षण बढाउने र उनीहरुलाई प्रोत्साहान गर्ने दायित्व राज्यका अङ्गहरुको भएको हुँदा एकै पटक ठूलो योजना बनाउनुभन्दा सानोबाट काम सुरु गर्न निर्देशन दिए ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६