देश

वित्तिय साक्षरता व्यवसायमा मात्र नभई हरेक क्षेत्रमा आवश्यक पर्छ : उप प्रमुख थारु



सरिता थारु
चैत्र ८
बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी थारुले वित्तिय साक्षरता व्यवसायमा मात्र नभई हरेक क्षेत्रमा आवश्यक पर्ने बताउनुभएको छ । वडा नं. २ मा सम्पन्न भएको वित्तिय शिक्षा एवं व्यवसायिक साक्षरता तालिममा प्रमुख अतिथीको रुपमा बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले बचत गर्ने बानीको विकास गर्दै आम्दानी र खर्चको बारेमा योजना बनाएर आर्थिक क्रियाकलाप गरे मात्र आर्थिकोर्पाजनमा मद्धत मिल्ने बताउनुभयो । यस्तै कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले बोल्दै तालिमका लागि आर्थिक पाटोमा जिम्मेवारी दिएका वडा भित्रका टोल विकास संस्था, सामुदायिक वनका पदाधिकारी लगाएत विभिन्न सघंसंस्थामा आबद्ध व्यक्तिहरुलाई छनोट गरिएको बताउनुभयो । बुद्धआवाज संचार सहकारीका महासचिव सरोज खनालले आर्थिक पादर्शिता नभएको खण्डमा संस्था भित्र विवाद बढ्ने भएकाले जुनसुकै संघ संस्थमा आथिर्क पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो ।
व्यवस्थापक भेषराज पाण्डेले स्वागत मन्तव्य एवं तालिमको उद्धेश्यबारे प्रष्ट पार्दै सहभागितहरुको व्यवसायिक एवं आर्थिक क्रियाकलापमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा सिर्नजी बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक दिनामणी खनाल वित्तिय शिक्षा एवं वित्तिय साक्षरताको विषयमा प्रशिक्षण दिनुभएको थियो । भने बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले आर्थिक विकासमा कसरी हुन्छ? बाणगंगा नगरपालिकामा आर्थिक विकासका सम्भावनाका विषयमा प्रशिक्षण दिनुभएको थियो । यस्तै बुद्धआवाज टेलिभिजनका व्यवस्थापक भेषराज पाण्डेले उद्यमी र व्यवसायी बन्नको लागि के गर्न आवश्यक छ ? के कसरी उद्यम संचालन गर्न सकिन्छ र जनता मावि पिपराका प्रार्चाय रमेश पन्थीले पनि वित्तिय शिक्षा एवं आर्थिक पाटो कसरी मजबुत राख्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । बुद्धआवाज टेलिभिजनका कार्यक्रम प्रमुख विकास थापाको संचालनमा भएको तालिममा जनप्रतिनिधी, टोल विकास संस्थाका पदाधिकारी, सामुदायिक बनका पदाधिकारी लगाएत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६