देश

गठबन्धन भत्काउन एमाले लाग्दैनः महासचिव पोखरेल



दाङ, ०९ चैत्र । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा देशमा अस्थिरता देखिएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले आज बिहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले देशमा स्थिरताका लागि पनि तत्काल १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर गर्नुभयो । १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र नागरिकका पक्षमा काम गरेमा हामी साथ दिन्छौँ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउने सोच राख्दैनौँ ।सरकारले देश र नागरिकभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधि गरेमा एमालेले सधै विरोध गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र नागरिकका सरोकारका विषयमा खबरदारी गर्ने बताउनुभयो ।

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६