प्रदेश

एमाले अध्यक्ष ओली कपिलवस्तु आउने




कपिलवस्तु, ०९ चैत्र ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के.पि.शर्मा ओली कपिलवस्तु आउनुहुने भएको छ । पूर्व प्रधानमन्त्री ओली यही चैत्र ११ गते शनिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । सिद्धार्थ क्याम्पसको सभाहलमा शनिवार हुने प्रशिक्षणमूलक कार्यक्रममा जिल्ला स्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहने एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६