जीवनशैली

२५ जनाले सिके फिनेल, हार्पिक तथा कोलिन उत्पादन बिधी



कपिलवस्तु, ९ चैत्र ।उद्यमशील तथा रेजगारी प्रर्वद्धनका लागि सरसफाई सामग्री उत्पादन एवम् प्याकेजिङ तालिम प्रभावकारि देखिएको छ । सरसफाई सँग सम्बन्धित निशुल्क फिनेल, हर्पिक तथा कोलिन उत्पादन तथा प्याकेजिङ तालिममा शहभागिले उत्पादन गरेर प्रयोगमा ल्याएपछि प्रभावकारी देखिएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको सहयोग तथा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्राविधिक सहयोगमा उद्यमशीलता, सीप विकास तालिम अन्तर्गत सरसफाई सँग सम्बन्धित निशुल्क फिनेल, हर्पिक तथा कोलिन उत्पादन तथा प्याकेजिङ सम्बन्धी २० दिने तालिम प्रदान गरिएको थियो । शुभ लक्ष्मी ल्याब्रोटिरजको सीप हस्तान्त्रण रहेको तालिममा बाणगंगा नगरपालिका भित्रका २५ जनाको सहभागीता रहेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले प्रत्येक नागरीकले आफनो सीप र क्षमतालाई आर्थिक आय आर्जन सँग जोड्न सके नगर समृद्ध हुने बताउनु भएको छ । अर्यालले विकासका पुर्वधार धेरै गरीसकेको बताउदै युवा स्वरोजगारमा नगरले जोड दिने बताउनु भयो । प्रशिक्षार्थीको उतसह र आँटको उच्च प्रशंसा गर्दै नगर प्रमुख अर्यालले सफल उद्यमी बन्न आग्रह गर्दै यसमा नगरले सधै साथ दिने जिकिर गर्नु भयो ।

नेपाल घरेलु तथा साना महासंघका केन्द्रिय सचिव भेषराज पाण्डेले सिकेको सिपबाट आफनो भविष्य खोज्न आग्रह गदै नेपाल घरेलु तथा साना महासंघ सधै हातेमालो गर्न तयार रहेको बताउनु भयो ।

नेपाल घरेलु तथा साना महासंघ केन्द्रिय कोषाध्यक्ष तथा सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्षमण बेल्बासेले सिकेको सिपबाट अनुशासित उद्यमी बन्न आग्रह गदै बजारीकरणमा निरन्तर सहकार्य गर्ने तर्क गर्नु भयो । उहाँले सहकारीको नियम भित्र रहेर उद्यमशिलताको क्षेत्रमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले उत्पादन गरेको वस्तु बजारीकरणको जिम्मा कपिलवस्तु उद्योग वाणिज्य संघले लिने बताउनुभयो ।प्रशिक्षक सन्दिप सापकोटा र गिता पौडेलले तालिम तालिममा मात्रै सिमित नभएर व्यवहारमा प्रयोग गर्न र स्वरोजगार बन्न सबै प्रशिक्षार्थीलाई आग्रह गर्नु भयो ।सहभागिको तर्फबाट कोपिला सुवेदीर, पदम बेल्बासेले बोल्दै सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल घरेलु तथा साना महासंघ जिल्ला शाखा, कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठले तालिम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका उपाध्यक्ष विष्णु पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिल्ला महा–सचिव रविन्द्र पोडेलले गर्नु भएको थियो । बाणगंगा नगरपालिका भित्रका, बेरोजगार, युवा युवतीलाई लक्षित गरेर यस्तो तालिमको संचालन गरिएको थियो । १५ दिने निःशुल्क तालिमको समापन सिनर्जी बहुउद्देश्यीय सहकारीको सभाहलमा भएको थियो । तालिमका सहभागिहरुले सरसफाईसंग सम्बन्धित फिनेल, हर्पिक तथा कोलिन उत्पादन तथा प्याकेजिङ लगायतका सीप सिकेका छन् ।साथै सहभागीहरुले उत्पादन तथा प्याकेजिङ गरेका फिनेल, हर्पिक तथा कोलिन कार्यक्रमका प्रमुख अतिथि मेयर अर्याललाई प्रदान समेत गरेका छन् ।

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६