देश

६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा



काठमाण्डौ, १० चैत्र । नेपालमा ६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार ६ लाख ४३ हजार ६ सय ७५ जना महिलामा घर र जग्गाको स्वामित्व रहेको छ । घर र जग्गा भएका महिला ९ दशमलव ७ प्रतिशत रहेका छन् ।

त्यस्तै जग्गा मात्रै हुने ११ दशमलव ८ प्रतिशत र घर मात्रै हुने २ दशमलव ३ प्रतिशत रहेको छ । समग्रमा कुल २३ दशमलव ८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घर र जग्गा दुवै रहेको पाइएको छ । नेपालमा कुल परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ छ भने आफ्नै घर हुने ८६ प्रतिशत रहेका छन् ।

विवरण अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६