प्रदेश

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री पाउनुपर्ने कांग्रेसको निर्णय



रुपन्देही, १० चैत्र। नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको हो ।

शुक्रबारको बैठकले पार्टीको नेतृत्वमा प्रदेश सरकार बनाउने निर्णय गरेको रुपन्देहीका सांसद वसिउद्दिन खांले बताए । लुम्बिनी प्रदेशसभामा २७ सांसद सहित कांग्रेस दोस्रो ठूलो दल हो । ‘केन्द्रमा बनेको सत्ता समीकरण अनुसार प्रदेश सरकारहरु पनि पुनर्गठन गर्न कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ’, खांले भने, ‘प्रदेश सभाको दोस्रो ठूलो दल भएकाले नेपाली कांग्रेसले नेतृत्व नछाड्ने कुरामा सबै माननीयको एक मत रहेको छ ।’

लुम्बिनीमा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व दावी गरिरहेको छ । प्रदेश सभाका १० दलमध्ये माओवादी केन्द्र १० सांसदसहित तेस्रो दल हो । कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको नेता दाङका डिल्ली चौधरी छन् ।

अहिले एमाले नेता लिला गिरी नेतृत्वको सरकारमा माओवादी पनि छ । तर माओवादी संसदीय दलभित्र विवाद भएकाले बिहीबार संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने भनिएपनि त्यो विषयले बैठकमा प्रवेश नै नपाएपछि नयां सरकार गठन प्रक्रिया अन्योलमा छ ।

माओवादीबाट मन्त्री बनेकी कृष्णा केसी, सांसद धनबहादुर मास्कीसहितले दलको नेता जोखबहादुर महराले विधि पद्धति विपरीत मनोमानी गरेको भन्दै बहुमत सांसदहरु आफ्नो पक्षमा रहेको बताएका छन् ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६