प्रदेश

लागुऔषध सहित पाल्पामा दुई युवा पक्राउ



रुपन्देही, ११ चैत्र । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । दोभान प्रहरी चौकिले शुक्रबार चेकजाँचको क्रममा लागुऔषधसहित कास्की अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी ९नेवार० र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेरलाई पक्राउ गरेको हो ।

बुटवबाट पाल्पातर्फ गइरहेको उनीहरु सवार ग ३ च ५९०१ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नुफिन ५० एप्पुल, डाइजेपाम ५० एप्पुल र फेनारगत ५० एप्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । कारसहित दुबैजना युवालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नियन्त्रणमा लिइएका युवाहरु बुटवलदेखि पाल्पाको बाटोहुँदै पोखरातर्फ जान लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६