प्रदेश

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा पौडेलले उम्मेद्वारी दिने



कपिलवस्तु, ११ चैत्र । कपिलवस्तु उद्योग वाणिज्य सघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आगामी अधिवेशनमा केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी दिने बताएका छन् ।

यही चैत्र २८ र २९ गते काठमाण्डौँमा हुन लागेको महासंघको ५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा लुम्बिनी प्रदेशबाट आफूले उम्मेदवारी दिने पौडेलले बताए । यस विषयमा कपिलवस्तु उद्योग वाणिज्य संघ एक जुट छ ।

यसअघि पनि महासंघको बिभिन्न जिम्मेवार पदमा रही काम गरेका पौडेल २ दशक बढी नीजि क्षेत्रको विकासका मुद्धामा काम गरिरहेका छन् । पौडेलको केन्द्रसम्मै राम्रो पहुँच छ । केन्द्रमा उनलाई राम्रो छवि बनाएका उद्योगी नेताका रुपमा लिइन्छ । यसअघि भएको महासंघको चुनावमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । आफ्नो नेतृत्वमा उनले कपिलवस्तु उद्योग वाणिज्य संघको सुविधासम्पन्न भवन निर्माण गरेर केन्द्रसममै चर्चा कमाएका थिए । उनी निडर र खरो व्यवसायीका रुपमा चिनिन्छन् ।

साना उद्योगी व्यवसायीका पीर र समस्यालाई आगामी चुनावका मुद्धा बनाउने पौडेलले बताए । अहिलेको नेतृत्वमा रहेका जिम्मेवार ब्यक्तिले जिल्ला नगरका समस्या समाधान गर्न नसकेको भन्दै ती मुद्धामा हस्तक्षेपकारी भूमिका खेल्ने भन्दै सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य संघ पनि पौडेललाई जिताउने अभियानमा लागि सकेको छ । संघको टोलीले अब लुम्बिनी प्रदेशका सबै ठाउँमा पुगेर प्रचार प्रसार गर्ने पौडेलले बताए । चुनावमा प्रदेशबाट सबैले सहयोग गर्ने उनले बताए ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६