अर्थ-वाणिज्य

मुलुकको आर्थिक अवस्था निराशाजनक स्थितीमाः पूर्व अर्थमन्त्री पौडेल



बुटवल, ११ चैत्र । पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दी पछिकै निराशाजनक अवस्थामा रहेको उल्लेख गरेका छन् । गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले बताए । ‘राजश्व परिचलन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षकोभन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ ।’–पौडेलले भने, यो अवस्था करिब ५० वर्षपहिले नेपालमा देखिएको थियो ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले राजश्व संकलन साधारण खर्च समेत धान्न सक्ने अवस्थामा नरहेको उल्लेख गरे । वि.स. २०२८ सालको घटना स्मरण गराउँदै पौडेलले भने–‘उक्त वर्ष अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको थियो । ठिक सोही घटना ५० वर्षपछि चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको बताए । सामान्य अवस्थामा जस्तो सत्ता पक्ष र प्रतिपक्षको अभ्यास गर्ने अवस्थामा नेपालमा नभएको उनले बताए । यसैगरी तत्काल क्रिया प्रतिक्रिया गर्ने अवस्थामा नेपाल नभएको बताउँदे उनले मुलुकको आर्थिक संकट समाधानका लागि सबै दल एउटै प्लेटफर्ममा बसेर लाग्नु पर्नेमा जोड दिए ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६