पर्यटन

साधारणसभा तथा अधिवेशन गर्दै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु



हरि घिमिरे
कपिलवस्तु, १२ चैत्र ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले प्रथम साधारणसभा तथा अधिवेशन गर्ने भएको छ । संघले यहिँ चैत्र १४ गते बाणगंगाको पिस हिमालयन रिसोर्टमा साधारण सभा तथा अधिवेशन गर्ने भएको हो । “युवा स्वरोजगार, व्यवसायीक समृद्धि, पर्यटन प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नाराकासाथ स्थापित संघले विभिन्न कार्यहरु गर्दै आएको छ ।

संघले सदस्यता विस्तार पछि प्रथम साधारणसभा तथा अधिवेशन गर्न लागेको हो । २०७९ भाद्र २२ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर स्थापना भएको संस्थामा करिब २ सय ५० होटल व्यवसायी आवद्ध रहेका छन् । बाणगंगा क्षेत्रका होटल व्यवसायीको सक्रियताबाट उक्त संघ दर्ता गरिएको थियो, संघमा अहिले जिल्ला भरिका सबै स्थानका होटल व्यवसायी आवद्ध रहेका छन् ।

संघले कपिलवस्तु स्वास्थ्य एवं दुर्घटना विमा पोलिसि लिएर सदस्य विस्तारमा लागेको थियो । स्थापनामा रबिन्द्र पौडेलको अध्यक्षतामा तर्दथ समिति गठन गरिएको थियो । पहिलो अधिवेशनमा पौडेल नै अध्यक्ष हुने सम्भावना छ ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६