देश

प्रदेश संघीयता खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन



बुटवल, १४ चैत्र। राष्ट्रिय जनमोर्चाले संघीयताबिरुद्व सोमबार रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको छ । प्रदेश संघीयता खारेज, मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो । विभिन्न नारासहित बुटवलको वसपार्कबाट जुलुस निकालिएको थियो । जुलुसपछि बुटवलमा सोमवार आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहाकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल भैसकेको वताउंदै अब प्रदेश खारेज गर्नुको विकल्प नरहेको बताए ।

संघीयता विरुद्दको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै नेता आलमले भने – संघीयता खारेज नभए देश थप संकटमा पर्छ, आम नेपाली जनता संघीयताको विपक्षमा छन् ।

महंगी, भ्रष्टाचार र कालोबजारीले कम आयश्रोत भएका जनतालाई सांझ विहानको छाक टार्न समस्या भएकाले दवावमूलक आन्दोलन आवश्यक भएको उनले बताए ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देश आर्थिक रुपले संकटमा परेको बताउंदै संघीय प्रणाली आफैमा बेठिक नभएपनि नेपालको हकमा संघीयता आवश्यक नभएको बताए ।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले भौगोलिक रुपमा सानो देश नेपालले आर्थिक रुपमा संघीयता थेग्न नसक्ने बताउंदै प्रदेश खारेज गर्नुको कुनै विकल्प नभएको बताए ।

हालै सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले यहि चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनसार राष्ट्रिय जनमोर्चाले देशभर संघीयता खारेजी,मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको पार्टीका रुपन्देही सचिव टानबहादर केसीले बताए ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६