देश

बिनानिष्कर्ष सकियो सत्ता गठबन्धनको बैठक, आजै फेरि बस्ने



काठमाडौं, १५ चैत्र । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठक दिउँसो ४ बजे फेरि बस्ने गरि स्थगित भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भागबण्डा टुग्याएर आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। तर अझै भागबण्डामा सहमती जुटेको छैन्।

गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो। हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो। ​ नेताहरुको राय सुझावलाई समेटेर आजको बैठकले त्यसलाई अन्तिम रुप दिने तयारी छ। दलहरुले बढी मन्त्रालयमा दाबी गर्दा प्रधानमन्त्रीलाई मन्त्रालय बाँडफाँडमा सकस भइरहेको छ।

सत्ता घटक नेपाली कांग्रेसले अर्थसहित आठ वटा मन्त्रालयमा दाबी गरिरहेको छ। माओवादीले गृह मन्त्रालय आफूले राख्ने भएपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिन सहमत भएको छ। यद्यपि, प्रधानमन्त्री प्रचण्डलेले कांग्रेसलाई अर्थसहित सात मन्त्रालयमा मात्रै लिन आग्रह गर्दै आएका छन्। यस्तै, एकीकृत समाजवादी र जसपाले कम्तिमा तीन–तीन मन्त्रालय पाउनु पर्ने अडान लिएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालयमा दाबी गरेको छ। धेरै दललाई सरकारमा समेट्नु पर्ने बाध्यता र दलहरुको अडानका कारण प्रधानमन्त्री प्रचण्ड दबाबमा छन्।

चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० दिनसम्म पनिमन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन्। १० दलको समर्थन पाएका प्रधानमन्त्रीलाई भागबन्डा मिलाउन सकस परिरहेको छ।

पुस १० गते बनेको गठबन्धन टुटेसँगै एमाले, राप्रपा र रास्वपाले सरकार छाडेपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालय हेर्दै आएका छन्

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६