देश

दश वर्षमा दश गुणा बढे इसाई, सङ्कटमा हिन्दु र बौद्ध



काठमाण्डौं, १५ चैत्र ।
नेपाललाई इसाईकरण गर्नकै निम्ति देशको अन्तर्राष्ट्रिय पहिचान बनेको हिन्दूराष्ट्र हटाएर धर्मनिरपेक्षता लादिएको पुनः पुष्टि भएको छ । २०७८ मा भएको जनगणनाको परिणाम सार्वजनिक भएसँगै इसाईकरणको बेग नाइजेरिया, सुडान र कम्बोडियामा भन्दा बलियो रहेको प्रमाणित भएको छ । यद्यपि तथ्याङ्क विभागले अहिलेसम्म औपचारिक रूपमा धर्मसम्बन्धी विवरण सार्वजनिक गरेको छैन ।

तथ्याङ्क विभागसम्बद्ध एक सूत्रले जनाएअनुसार यसपटकको धार्मिक तथ्याङ्क अस्वाभाविक, आश्चर्यजनक र स्तब्ध तुल्याउने प्रकारको छ । २०६८ को जनगणनामा ८१.३ प्रतिशत रहेको हिन्दु धर्मावलम्बीको सङ्ख्या घटाएर तथ्याङ्क विभागले करिब ६३ प्रतिशतमा झारिदिएको छ । त्यस्तै ९ प्रतिशत भन्दा बढी रहेको बौद्धमार्गीहरूको सङ्ख्या ६ प्रतिशतको हाराहारीमा झरेको देखाइएको छ । इस्लाम धर्मावलम्बीको सङ्ख्या ६ प्रतिशत भन्दा बढी भएको तथ्याङ्कले देखाएको छ । किराँत ३ प्रतिशत र अन्य ३ प्रतिशत देखाइएको विवरणमा इसाईहरूको सङ्ख्या भने ह्वात्तै माथि पुगेको छ ।

प्राप्त जानकारीअनुसार झण्डै १५ प्रतिशत नेपाली आफ्नो धर्म छोडेर इसाई बन्न पुगेका छन् । ज्ञातब्य छ, २०७२ मा संविधान जारी भइसकेपछि मुलुकलाई इसाईकरण गर्ने अभियानलाई तीव्रता दिइएको छ । २०६३ को परिवर्तनपछि नेपालमा वार्षिक १२ प्रतिशतका दरले इसाईकरण भएको बताइन्छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६