प्रदेश

कपिलवस्तुका केही पेट्रोल पम्पलाई सक्कली कागजातका साथ प्रशासनमा हाजिर हुन निर्देशन

अति प्रज्वलनशील पदार्थ बिक्री गरिरहेका पम्पमा सुरक्षाको प्रबन्ध छैन्




हरि घिमिरे
कपिलवस्तु, १५ चैत्र ।
कपिलवस्तु जिल्लाका केही पेट्रोल पम्पलाई सक्कली कागजातका साथ प्रशासनमा हाजिर हुन निर्देशन दिईएको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको संयुक्त टोलिले पेट्रोल पम्प अनुगमन गर्दै निर्देशन दिएको हो । अनुगमन टोलिले ३ वटा पेट्रोल पम्प संचालक हरुलाई सक्कल कागजात सहित एक, दुई दिन भित्र उपस्थित हुन भनेको हो । पेट्रोल पम्पहरुले नाप तौल र गुणस्तरमा ठगी गरेको भन्ने व्यापक जन गुनासो बढे पछि आधा दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको थियो । अनुगमनमा नाप तौल कार्यालय बुटवलका प्रमुख वरिष्ठ निरीक्षक शम्भु कुमार झा, जिल्ला प्रशासन कार्यालयका अधिकृत बावुराम पोख्रेल सहितको टोलीलले गनुगमन गरेको हो ।


अनुगमन गर्दै वरिष्ठ निरीक्षक झाले नाप तौल र गुणस्तरमा ठगी गरेको भन्न समाचार आएपछि अनुगमन गरिएको बताए । उनले अनुगमन गरिएका ६ वटै पेट्रोल पम्पमा नापको मात्रा ठिकै भेटिएकोे बताए । गुणस्तरको विषयमा उनले भने “गुणस्तर चेक जाँच गर्ने अख्तियारी नभएकोले यसमा बोल्न मिल्दैन ।” टोलीले ६ वटै पेट्रोल पम्पमा डिजेल र पेट्रालको नाप जाँच गरेको थियो ।

यस्तै अनुगमनमै खटिएका जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत बावुराम पोख्रेलले पट्रोल पम्पलाई सुरक्षाको उपायहरुका मापदण्ड पालना गर्न निर्देशन समेत दिएको बताए । उनले अनुमति प्राप्त काजगातसहित चार फायर एस्टिङयुसर, बालुवा भरिएको १० लिटर क्षमताका चार बाल्टिन, एउटा/एउटा सावेल र गैँती अनिवार्य राख्नुपर्ने बताए । त्यस्तै हजार लिटर पानी भरिएको ट्यांकी, ३ फिट वा बढीमा ५ फिटसम्म उचाइ भएको ‘कम्पाउन्ड’ पर्खाललगायत पूर्वाधारको प्रबन्ध गर्न जिल्लामा संचालित सबै पम्पहरुलाई आग्रह गरिएको जानकारी दिए ।


टोलिले कपिलवस्तु नगरपालिकाको शंकर पार्वती, चिन्नीलाल, पचेहराको आर्दश अटो मोबाईल्स, शुद्धोदन गाँउपालिका – १ रिया आयल्स सप्लायर्स, बाणगंगा नगरपालिका– ४ लुम्बिनी पेट्रोलियम र न्यु सिद्धार्थ डिजल्स सेन्टरमा अनुमन गरिएको थियो ।


२०५३ सालअघि सञ्चालनमा आएका पेट्रोल पम्पहरुले नयाँ मापदण्ड पालना गरेर पेट्रोल पम्प संचालन गर्न सकेका छैनन् । जसका कारण बाक्लो बस्तीका देशैभरका अधिकांश पेट्रोल पम्प घर नजिकैमात्र छैनन् घरभित्रबाटै सडकमा गाडीहरु लाइन लगाएर तेल भर्दै आइरहेका छन् ।


यस्तै मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्पहरुले उच्च जोखिमको संकेत दिँदै आएका छन् । न पेट्रोल पम्पका मालिकहरु सचेत छन्, न त वरिपरिका वस्तीका स्थानीय नै । सरकारी निकाय त ठूलै विपद् नआउन्जेल यतातर्फ ध्यानदिनेतर्फ लागेकै देखिँदैन ।


मापदण्ड बिपरितका संचालनमा रहेका पेट्रोलपम्पहरुको २०७५ भन्दा अगाडि स्थापना भएकामा बढिमा ५०० मिटर र कम्तीमा ३०० मिटर कायम रहेको छ । उक्त समयभन्दा पहिले स्थापना भएका पेट्रोलपम्पका हकमा बिनियमावली अनुसार संचालनमा छन् । नेपाल आयल निगमको आधिकारिक बिक्रेताको बोर्ड झुन्ड्याएर सडकमा नजिकै अति प्रज्वलनशील पदार्थ बिक्री गरिरहेका उल्लेखित लगायतका पम्पमा सुरक्षाको प्रबन्ध छैन् । पम्पहरूमा पेट्रोलियम पदार्थ बिक्री गर्दा आईलाग्न सक्ने जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार छैनन् ।

जिल्लामा रहेका पम्पहरूको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाई, लाइटरजस्ता आगजनीजन्य वस्तु लिएर र धूम्रपान गरेर संवेदनशील क्षेत्रमा जानसक्ने वातावरण हुनुले पेट्रोल पम्पहरू जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेका छन् । अधिकांश पम्पहरूले अग्नि नियन्त्रक यन्त्र राखेका छैनन् ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६