प्रदेश

बुद्धस्थल प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन



कपिलवस्तु, १६ चैत्र। राजा शुद्धोधनको राजदरबार तथा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा भिक्षुहरूलाई भिक्षाटन गरिएको छ । उहाँहरू शिक्षासहित भिक्षाटन गर्न बुद्धस्थल प्राचीन तिलौराकोट आएका हुन । दुई साताअघि उनीहरू पाँचसय जना एकै पटक लुम्बिनीमा भिक्षु जीवनमा प्रवेश गरेका थिए ।

भिक्षु जीवनमा प्रवेश गरेको तीन सय बढी नवप्रवेशीहरु भिक्षाटन गरेका हुन । तिलौराकोट आएका उहाँहरूलाई कपिलवस्तु नगरपालिका –३ का वडाध्यक्ष प्रकाश गैरे, वाटथाई मन्दिरका उपाध्यक्ष राजेश ज्ञवाली, प्रदेश निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष दिनेश हमाल, व्यवसायी देवेश जैसवालले भिक्षादान गरेका थिए ।

तिलौराकोटको पश्चिमद्वारमा भिक्षा ग्रहणलगत्तै उहाँहरूले दरबार परिसर, मौर्याकालिन पोखरी र पूर्वीद्वारलगायतका क्षेत्रको अवलोकन समेत गरेको थिए । साथै तिलौराकोट आएर उहाँहरूले विश्व शान्तिका लागि प्रार्थना र पाठ समेत गरेका थिए । उहाँहरूले तिलौराकोटमा पश्चिमी र पूर्वीद्वार तथा राजप्रसादका भग्नावशेष परिक्रमा गरेका हुन ।

पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका पाँच सय जनाले सामूहिक रूपमा प्रव्रज्या लिएर गत चैत २ गते श्रामनेर बनेका छन् । श्रामनेर भनेको भिक्षु जीवन प्रवेशको पहिलो खुट्किलो हो । भिक्षु जीवनमा प्रवेश शुभारम्भ गर्नु हो । भगवान् गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र सङ्घर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरूलाई पारिवारिक मायामोहबाट अलग बनाएर केही दिनदेखि दीक्षित गरिदैआएको छ । नव प्रतिवेशी श्रामनेरलाई ७५ सेखिया विनय शिक्षापद र १० सिल सिकाइएको छ । तच पञ्चक ध्यान सिकाइएको छ। भिक्षुहरुले राम्ररी व्यवहारमा उतारेको पाइयो भने दुई चार महिनामै भिक्षु सङ्घले पूर्णभिक्षु बनाउन सक्ने भिक्षु महासङ्घ अध्यक्ष शोभन महाअस्थबीरले बताउनुभयो ।

नबप्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्त्व र बुद्धले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको छ । त्यस्तै, भिक्षु जीवन, करुणा, मैत्री सद्भाव र भाइचारालगायतका विषयमा ज्ञान दिइएको छ ।

२० दिने अल्पकालीन भिक्षु बनाउने कार्यक्रम भोलि चैत १७ गते सकिँदै छ । बुद्ध धर्मअनुसार शाक्यहरू एक दिनका लागि भए पनि भिक्षु बन्नपर्छ भन्ने मान्यता रहेको छ । प्रव्रज्या लिएपछि कतिपय भिक्षु जीवन नै व्यतीत गर्छन् । कतिपय फेरि गृहस्थ जीवनमै फर्कन्छन् । गौतमबद्धको अनुयायी बन्न कठिन परिश्रम र सङ्घर्ष गर्नुपर्छ भन्ने अनुभूति दिलाउन पारिवारिक मोह मायाबाट अलग राखेर दीक्षा दिँदै श्रामनेर बनाइएको हो । भिक्षु जीवनमा प्रवेश गरेका उहाँहरूले बुद्ध शिक्षा, सिल र चीवर लिएर भिक्षु बन्नुभएको हो ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६