प्रदेश

कपिलवस्तुबाट ९ हजार भन्दा बढी विद्यार्थीले एसइइ दिने




हरि घिमिरे
कपिलवस्तु, १६ चैत्र ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा लुम्बिनी प्रदेशको कपिलवस्तुबाट ९ हजार भन्दा बढी विद्यार्थीले परिक्षा दिने भएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि कपिलवस्तुमा तयारीलाई अन्तिम चरणमा पु¥याइएको हो । यस वर्ष जिल्लामा एसइइ परीक्षामा ९ हजार बढी विद्यार्थी सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका शाखा अधिकृत अर्जुन कुँवरका अनुसार कपिलवस्तुमा यसवर्ष नियमित तर्फ कुल ८ हजार ९ सय ६६ विद्यार्थी परीक्षामा सम्मलित हुँदै छन् । यस्तै ग्रेड वृद्धि तर्फ ३ सय २२ जना, प्राविधिक तर्फ ४ सय २३ जना गरी जिल्लामा यसवर्ष कुल ९ हजार ७ सय ११ विद्यार्थी एसइइ परीक्षा दिने तयारीमा छन् ।

यही चैत्र १७ गते देखि सुरु हुन लागेको उक्त परीक्षाका लागि यस वर्ष २ वटा नयाँ परीक्षा केन्द्र थप गरी २७ बाट २९ बनाइएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकास्थित मुरफुटुवामा एउटा र महाराजगञ्ज नगरपालिकामा न्यू शिशु इङ्लिस बोर्डिङ स्कूलमा एउटा केन्द्र थप गरिएको शाखा अधिकृत कुवँरले बताए ।

जिल्लामा तोकिएका २९ वटै परीक्षा केन्द्रमा परीक्षा संचालनका लागि शिक्षा तथा समन्वय इकाइले तत्काल केन्द्राध्यक्षहरुको नियुक्ति गर्ने तयारी गरेको छ । तोकिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गरी परीक्षालाई मर्यादित र अनुशासित तवरबाट सम्पन्न गराउने तयारी गरिएको छ ।

यसैबीच कपिलवस्तुमा एउटा पनि केन्द्र नरहेको पालिको यशोधरा गाउँपालिका रहने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत कुवँरले जानकारी दिए । यशोधरा बाहेक जिल्लाका अन्य सबै पालिकामा भने केन्द्र निर्धारण गरिएको छ । यस्तै यस वर्षको एसइइ परीक्षा संचालनका लागि आवश्यक पर्ने उत्तर पुस्तिका तोकिएका केन्द्रहरुमा पुगिसकेका छन् भने आवश्यक प्रश्नपत्र पनि जिल्लामा आइसकेको कुवँरले बताए ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६