देश

रमेश खरेलले भने, रास्वपाबाट बारा-२ मा चुनाव लड्दैछु



काठमाडौं, १७ चैत्र । नेपाल सुशासन पार्टीका अध्यक्ष एवं पूर्व डीआइजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा चुनाव लड्ने भएका छन्। वैशाख १० मा हुने उपनिर्वाचनमा उनले रास्वपामा आवद्ध भएर बारा–२ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा २ बाट रास्वपामा आवद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु। डाक्टर प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु। राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबद्ता।’

२०७८ साल मंसिर २४ गते नेपाल सुशासन पार्टी खोलेका खरेलले गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका थिए। उनी सो निर्वाचन क्षेत्रमा ३ हजार १ सय २४ मतका साथ तेस्रो भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ मा कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ। नागरिकता विवादमा सांसद पद गएपछि रवि लामिछाने पुनः चितवन २ बाट उम्मेदवार बन्ने भएका हुन्।

तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ सांसद पद खाली छ। यस्तै बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको हो।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६