अन्तर्राष्ट्रिय

लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा पानी चुहियो, विल भुक्तानी रोक्का



लुम्बिनी, १९ चैत्र । गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहलमा पानी चुहिएको छ । चैत १७ गते परेकोे वर्षाको पानी सभाहलको छानोबाट चुहिएको हो ।

लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी अर्घाखाँची बाबुल जे.भि. लाई वर्षाको पानी छानोबाट चुहिएका देखिएको भन्दै तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन दिएको छ ।

साथै लुम्बिनी विकास कोषले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम विल भुक्तानी रोक्का गरिने जनाएको छ ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६