प्रदेश

शैक्षिक सत्र सुरुः कपिलवस्तुमा सहजै पाईन थाले नयाँ पाठ्यपुस्तक



कपिलवस्तु, ०३ वैशाख ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि चाहिने पाठ्यपुस्तक कपिलवस्तुमा सहज रुपमा पाइन थालेको छ ।
शैक्षिक सत्र सुरुभएको लामो समय सम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउने समस्याका बिच यस पटक भने शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक बजारमा पाईन थालेका हुन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तरगतका विद्यालयहरुका लागि हरेक वर्ष पुस्तक उपलब्ध गराउँदै आएको पूजा स्टेशनरी चार नम्बरले यस वर्ष कक्षा १ देखि १० सम्मकै नयाँ पाठ्यपुस्तक आइसेको जनाएको छ । कपिलवस्तु जिल्लाका लागि आधिकारीक बिक्रेताको रुपमा रहेको पूजा स्टेशनरीका संचालक थानेश्वर कडेँलले यस वर्ष जनक शिक्षा सामाग्री केन्द्रबाट कपिलवस्तुका लागि आउनुपर्ने पुस्तक आइसकेको जानकारी दिनुभयो । उहाँले जनक शिक्षा समाग्री केन्द्र अन्र्तंगत प्रादेशिक कार्यालय बुटवलबाट कपिलवस्तुका लागि आफूले पाठ्यपुस्तक ल्याएको बताउनु भएको हो ।

यस्तै कपिलवस्तु सहित लुम्बिनी प्रदेशका सात जिल्लामा पाठ्यपुस्तक उपलब्ध गराउदै आएको जनक शिक्षा सामग्री कैन्द्र लिमिटेडको लुम्बिनी प्रदेश कार्यालय बुटवलले सबैजसो जिल्लामा पाठ्यपुस्तक पुराउने काम भइरहेको जनाएको छ । प्रदेशका सात जिल्लाका लागि १३ लाख थान पाठ्यपुस्तक आवश्यक हुने कार्यालयका प्रमूख रामबिनय श्रेष्ठले जानकारी दिनुभयो । यो कार्यालयले लुम्बिनी प्रदेशका कपिलवस्तुसहित तराई र पहाडका गरी सात जिल्लामा मात्रै पाठ्यपुस्तक वितरण गर्ने गरेको छ । कक्षा ६ देखि १० सम्म १३ लाख थान आवश्यक हुनेमा अहिले सम्म करिब ७० प्रतिशत बढी पाठ्यपुस्तक ढुवानी भइसकेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कपिलवस्तु जिल्लाका लागि ८० प्रतिशत पुस्तक जिल्लामा झारिसकिएको छ । जिल्लामा रहेका २२ वटा आधिकारीक पुस्तक बिक्रेताहरुले अब पाठ्यपुस्तक विद्यालयहरुमा पु¥याउने छन् ।

नयाँ शैक्षिक सत्र २०८० मा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रममा आधारिक पुस्तक छापिएर आएका छन् भने अन्य कक्षाका लागि पुरानै पाठ्यक्रममा आधारित पुस्तकहरु छन् । प्रदेश कार्यालयका प्रमूख श्रेष्ठका अनुसार कपिलवस्तु बाहेक अर्घाखाँची र प्यूठानमा पनि अहिले सम्म ७० प्रतिशत पुस्तक ढुवानी भइसकेको छ भने अन्य जिल्लाहरुका लागि पनि पुस्तकको अभाव नहुने गरी पुस्तक छापिएको छ ।

कपिलवस्तु जिल्लामा कक्षा ६ देखि १० सम्म जम्मा २ लाख ८५ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने गर्दछ । यहाँ अहिले सम्म एक लाख ६० हजार बढी पुस्तक आइसकेको छ । अघिल्ला शैक्षिक सत्रमा पठनपाठन भएको महिनौ दिन बितिसक्दा समेत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैनथ्यो । यस वर्ष भने त्यस्तो समस्या नहोस भन्नका लागि जनक शिक्षा तथा सामग्री केन्द्रले पुस्तकको अभाव नहुने गरी काम गरिरहेको जनाएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तरगतका केही विद्यालयहरुले नयाँ शैक्षिक सत्र सुरु नहुदै विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेका छन् । यसपटक पुस्तकको अभाव नहुने आधिकारीक बिक्रेताहरुको भनाई छ । नेपाल सरकारले सामुदायिक विद्यालयका लागि विद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६