काठमाडौं, ०७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साताभित्र प्रकाशन गर्ने योजना बनाएको छ।
यो समयभन्दा अगाडि नै नतिजा प्रकाशन गर्ने योजनासहित अहिले काम गरिरहेको परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा(१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘आगामी असारको तेस्रो हप्ताभित्र एसइई परीक्षाको नतिजा प्रकाशन गर्ने हाम्रो कार्य योजना छ, कामको सुरुवाती चरणमा छौँ। अब हेरौँ, जति सक्दो छिटो नतिजा प्रकाशित गर्ने योजना हाम्रो छ।’
२०७९ को एसइई परीक्षा गत चैत १७ गते शुरु भएर २९ गते सकिएको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भएको थियो। एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
प्रतिक्रिया