देश

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति



चितवन, ११ वैशाख। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् । कांग्रेस उम्मेदवार श्रेष्ठले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको जानकारी दिए ।

मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६