देश

चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी



काठमाडौं, १२ वैशाख । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६