प्रदेश

आगो निभाउने क्रममा जलेर मृत्यु भएकाको परिवारलाई एक लाख सहयोग



पाल्पा, १६ वैशाख । जलेर मृत्यु भएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ लसर्घा देउरालीका ३७ वर्षीय इन्द्र थापाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

दशौँ पुण्य तिथिमा शुक्रबार उनको घरमै पुगेर गाउँपालिका अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष सावित्रा कोइरालाले एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्।

आगलागीबाट हुने थप क्षति रोक्ने उद्देश्यले नियन्त्रण गर्ने क्रममा जलेर मृत्यु भएको घटनाले सिंगो गाउँपालिकालाई दुःखित तुल्याएको अध्यक्ष थापाले बताए। परिवारलाई राहतस्वरूप गाउँपालिकाले एक लाख दिने कार्यपालिकाको निर्णयअनुसार आर्थिक सहयोग गरेको उनले बताए।

आलमदेवी नजिकको जंगलमा लागेको आगो निभाउने क्रममा इन्द्र गत चैत २९ गते जलेर गम्भीर घाइते भएका थिए। कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचारकै क्रममा थापाको सात दिनपछि मृत्यु भएको थियो। जंगलमा लागेको आगो बस्तीमा पस्न सक्ने भएपछि उनी आगो निभाउन गएका थिए।

प्रकाशित : १६ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६