देश

वडाध्यक्ष लगाएत ३ जना २ क्विन्टल गाँजासहित पक्राउ



मकवानपुर, १८ वैशाख । मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष शिवराज थिङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष थिङसहित तीन जनाको साथमा दुई सय दुई किलो गाँजासमेत फेला पारि घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताउनुभयो । वडाअध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज सोमवार लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको नेतृत्वमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई कानुनी कारबाहीका लागि पालुङ इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६