कपिलवस्तु , १८ वैशाख। श्रमिक वर्गले संविधानमा लेखेपनि उचित पारिश्रमिक पाउन नसकेको जिफन्ट राष्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमले बताउनु भएको छ । जिफन्ट जिल्ला शाखा कपिलवस्तुले आज बाणगंगामा आयोजना गरेको १३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सम्पुर्ण श्रमिकको सम्मान गर्नु पर्ने बताउदै ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने कुरा कुरामा मात्र सिमीत रहेको उहाँले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले अधिकारीले नेपालमा श्रमिकहरुको हकहितको लागि आवाज उठाउने कम्युनिस्ट पार्टि भएपनि कम्युनिस्टको खोल ओढेर श्रमिकहरुको श्रम लुट्ने काम गरिरहेको बताउनु भएको छ । एमाले पटक पटक गठबन्धन गरेर सरकारमा जाँदा अपेक्षा अनुरुप श्रमिकहरुको पक्षमा कार्य गर्न नसकेकोले अब एमालेलाई एक्लै बहुमत दिलाएर सरकारमा पठाउन आवश्यक रहेको बताउनु भएको छ । नेपालमा श्रमिकको हकहितका लागि बोल्ने एक मात्र पाटी नेकपा एमाले रहेको जिकिर गर्नुभएको छ । साथै उहाँले आज पनि श्रमिक मजदुरहरुले स्वतन्त्र रुपमा अधिकार प्रयोग गर्न नपाएको बताउदै श्रमिले उत्पादन गरेको श्रमको उचित सम्मान हुनु पर्ने बताउनु भयो ।
नेकपा एमाले लुम्बिनी प्रदेस कमिटी सदस्य प्रभा पौडेलले श्रमिकहरुको सम्मान गर्न सके बल देश विकास हुने बताउनु भयो । गिट्टी कुट्ने र बालुवा चाल्ने मात्र श्रमिक नभएर मन्त्रालयमा काम गर्ने कर्मचारी पनि श्रमिक रहेको भन्दै सबै मिलेर जानुको विकल्प नभएको तर्क गर्नु भयो ।नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य धर्मलाल भुसाल, बाबुराम खनाल, हिरालाल पौडेल, भोजराज थारुले बोल्दै श्रमिक मजदुरहरुका समस्या आज पनि उस्तै रहेको बताउदै श्रमिकहरुको हकहितका लागि आफुहरु सधै लागि पर्ने बताउनु भयो । श्रमिकहरुले आफनो हकअधिकारका लागि एक जुट भएर बुलन्द आवाज उठाउन नसक्ने हो भने आफ्ना अधिकार बाट बन्चित हुनुपर्ने बताउनु भयो ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य सुसिला दर्लामिले नेकपा एमाले श्रमजीवीहरुको पार्टि भएकाले श्रमिकहरुको हकहितको लागि आवाज उठाउने एमाले रहेको बताउनु भयो ।जिफन्ट कपिलवस्तु जिल्ला अध्यक्ष कर्ण बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिफन्ट वाणगंगा नगर कार्यसमिति सदस्य सार्दा परियारले गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका पदेश सल्लाकार, जिल्ला सदस्य लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्नेहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया