देश

क्रिकेट खेलाडीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा



काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन् । प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

आजै प्रधानमन्त्री प्रचण्डको निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन त्रिविस्थित खेल मैदानै पुगेका थिए ।

जित पश्चात् श्रेष्ठले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै जितको खुसी साटेको आचार्यले बताए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल एसिया कपमा पुगेको थियो ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६